नियम १०
सहकारी संस्थाको कार्यक्षेत्र
: (१) ऐनको दफा १८ को उपदफा (१) को खण्ड (ख) बमोजिम संस्थाको कार्यक्षेत्र सदस्यको सीप, पेशा र प्रकृति समेतबाट फराकिलो क्षेत्र आवश्यक पर्ने देखिएमा एक स्थानीय तहसम्म हुनेछ ।
(२) उपनियम (१).मा जुनसुकै कुरा लेखिएको भए तापनि प्रस्तावित कार्यक्षेत्रको कुनै वडामा संस्थाका आवेदकहरूको बसोबास नभएको भए त्यस्तो वडा कार्यक्षेत्रमा समावेश गरिने छैन ।
(३) ऐनको दफा १८ को उपदफा (३) बमोजिम कार्यक्षेत्र विस्तार गर्दा देहायका विशेष व्यावसायिक आवश्यकताको आधार लिनु पर्नेछ :-
(क) उत्पादनको सङ्कलन, सञ्चय, प्रशोधन सुविधाका दृष्टिले न्यूनतम आयतन (भोल्युम) कायम गर्न आवश्यक भएको,
(ख) - निश्चित भौगोलिक क्षेत्रसम्म उत्पादन क्षेत्र कायम भएको,
(ग) सिँचाइ सुविधा, प्राविधिक रेखदेख, रोगव्याधि नियन्त्रणका दृष्टिले उपयुक्त एकाई कायम गर्नुपर्ने भएको, (घ) सेवाको माग, प्रति एकाई लागत, सञ्चालन खर्च, व्यवस्थापकीय रेखदेख, स्थिर सम्पत्तिको उपयोग समेतबाट कार्यक्षेत्रको विस्तार आवश्यक भएको ॥
तर संस्थाको मौजुदा कार्यक्षेत्रमा सदस्यता एव व्यावसायिक सेवा विस्तारको मनासिब स्तर हासिल नभएसम्म त्यस्तो संस्थाको कार्यक्षेत्र विस्तार गर्नु हुँदैन । (४) ऐन तथा यस नियमावली बमोजिम संस्थाको कार्यक्षेत्र विस्तार गर्दा देहायको प्रक्रिया पूरा गर्नु पर्नेछ :-
(क) मोजुदा कार्यक्षेत्रमा संस्थाको सदस्यता एवं सेवा बिस्तारको लेखाजोखा गरिएको,
(ख) थप गरिने कार्यक्षेत्रमा संस्थाको सेवा माग भएको,
(ग) ऐनको दफा ३२ को उपदफा (१) विपरीत दोहोरो सदस्यता हुने अवस्था नरहेको सुनिश्चित गरिएको,
(घ) विनियम संशोधनको प्रक्रिया पूरा भएको ।
(५) ऐन प्रारम्भ हुँदाका बखत सञ्चालनमा रहेका संस्थाहरूको कार्यक्षेत्र कायम गर्ने प्रयोजनको लागि त्यस्ता संस्थाहरूले पेश गर्ने कार्य सञ्चालन प्रतिवेदनमा ऐनको दफा १८ को उपदफा (५) मा उल्लिखित विवरणहरूको अतिरिक्त देहायका बिवरण समेत संलग्न गर्नु पर्नेछ :-
(क) मोजुदा कार्यक्षेत्रमा संस्थाका -शाखा कार्यालय, सेवा केन्द्र बा सम्पर्क केन्द्र अनुसारको सञ्चालन खर्च, कारोबार र् नाफा नोक्सानको विवरण,
(ख) मौजुदा कार्यक्षेत्रको प्रदेश, जिल्ला, स्थानीय तह र वडा अनुसार सदस्यहरूको नाम, थर, ठेगाना, शेयर र बचतको विवरण,
(ग) ८ मौजुदा कार्यक्षेत्रमा संस्थाले सञ्चालन गरेका उद्योग, लगानी र व्यावसायिक सेवा सुविधाहरूको प्रदेश, जिल्ला, स्थानीय तह र वडा अनुसारको विवरण ।
(६) ऐनको दफा १८ को उपदफा (६) को खण्ड (क) बमोजिम सहकारी संस्थाको मौजुदा कार्यक्षेत्रभित्रको प्रदेश, जिल्ला, स्थानीय तह र वडा झिकी कार्यक्षेत्र घटाउने निर्देशन दिँदा झिकिने कार्यक्षेत्रभरिको गरी जम्मा सदस्य सङ्ख्याको पन्ध्र प्रतिशतभन्दा कम सदस्य सङ्ख्या भएको हुनुपर्नेछ ।
(७) ऐनको दफा १८ को उपदफा (६) को खण्ड (ख) वमोजिम सहकारी संस्थाको मौजुदा कार्यक्षेत्रभित्रको प्रदेश, जिल्ला, स्थानीय तह र वडा झिकी कार्यक्षेत्र घटाउने निर्देशन दिँदा झिकिने कार्यक्षेत्रभरिको गरी पाँच करोड रुपैयाँ वा जम्मा कारोबारको पन्ध्र प्रतिशतमा जुन “घटी हुन्छ सोभन्दा कम व्यावसायिक सेवा सञ्चालन भएको देखिएको हुनु पर्नेछ । स्पष्टीकरण : यस उपनियमको प्रयोजनको लागि
“कारोबार” भन्नाले संस्था वा सङ्घले सञ्चालन गरेको व्यावसायिक क्रियाकलापहरूमा पछिल्लो आर्थिक वर्षसम्ममा परिचालित बचतको दायित्व र पछिल्लो आर्थिक वर्षको सदस्यतर्फको खरिद वा बिक्री कारोबारको जोड सम्झनु पर्छ ।